Ad #144479

७ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा संसद् विघटन भएको विरोधमा नेकपासम्वद्ध सांसद्हरु पुनर्वहालीको माग राख्दै सर्वाेच्च अदालत जाने अन्तिम तयारीमा जुटेका छन् ।

यस प्रयोजनका लागि वरिष्ठ अधिवक्ता शंभु थापालगायत धेरै कानून व्यावसायीहरु रिट निवेदनको फाइनल गर्न व्यस्त रहेको जानकारी एक निवर्तमान सांसद्ले दिएकाछन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर रिट दर्ता हुन लागेको हो । यस अगाडि पनि यसै प्रयोजनका १३ वटा रिट दर्ता भइसकेकाछन् ।