७ पुष, काठमाडाैं । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले आउँदो वर्ष याने कि ०७८ साल मंसिरको २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यस अवधिमा पार्टीको महाधिवेशन गर्ने मिति तय भएको हो । साथै बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूहरू पार्टी एकताको पक्षमा रहेको र फुटको विपक्षमा रहेको जनाएको छ ।
साथै अध्यक्ष ओलीले कोही पनि नेताहरूमाथि कारबाही नगरिने र पार्टी एकताको पक्षमा रहने बैठकमा बताएको छ ।












