Ad #144479

७ पुष, काठमाडाैं ।  नेकपाका अध्यक्ष केपी ओली समूहको प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । उनी हाल सरकारका परराष्ट्रमन्त्री पनि हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको ओली पक्षको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार बसेकाे केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । उनलाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय भएकाे बताइएकाे छ ।