Ad #144479

७ पुष, काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।

मंगलबार बिहान गौतमको भैंसेपाटी निवासमा पुगेर नेताहरूले आज दिउँसो बस्ने  प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सहभागी हुन  गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भइरहेको छ ।

साेमबार हिजाे मात्र विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् ।  यस्तै  कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।