हङकङमा नेपालीले सञ्चालन याउ मा तेइमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सातजना नेपालीको मृत्यु भएको छ । रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको हो ।
मृत्यु हुनेमा ९ देखि ४० वर्ष उमेरका चार पुरुष र तीन महिला रहेको साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ ।
अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए।
[sidebar name="button post"]









