मिथिलाञ्चलमा साेमबार दाजुभाइ दिदीबहिनी बिचको प्रेमलाई अझै प्रगाढ बनाउने भातृद्वितया पर्व मनाईदैँ छ ।
भातृद्वितया पर्व कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिका दिन हिन्दू धमावलम्बीले मनाउने गर्छन् । भातृद्वितयालाई यम द्वितीयाको नामले समेत बुझिन्छ । भातृद्वितया पर्वले भाइबहिनीबीचको प्रेमलाई अझै प्रगाढ बनाउँछ ।
भातृद्वितयाका दिन दिदीबहिनीहरुले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रण दिने गर्छिन् । बहिनीहरुले सिन्दुर, पिठार, लगाएर कुभिण्डोको फूल, पानको पात, सुपारी र जल भाईको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाई के नाम) भाई के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाई सभक औरदा बढ़ए’ अर्थात गंगाले यमुनालाई निमन्त्रण दिइन् मैले आफ्नो भाईलाई भन्दै हात पखाल्छिन् ।
दीपावली र छठ पर्वको बीचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ । दीपावली पर्वलाई लिएर घरआँगन लिपपोत गरिएकै हुन्छ । यद्यपि बहिनी आफ्नो भाइको स्वागतका लागि घरआँगन गाईको गोबरबाट लिपपोत गर्छिन ।
दिदीबहिनीले पूजा गरेपछि भाइले दिदीबहिनीलाई यथाशक्ति उपहार दिन्छन् र उनको घरको अन्न खाए्र बहिनीलाई सन्तुष्टि प्रदान गर्छन् । यो पर्वलाई लिएर एउटा कथा समेत प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो ।
यमुनाले भाई यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । मजस्तै बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका गर्छिन् भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।









