Ad #144479

अमेरिकी राष्ट्रपति चुनावमा जोय बाइडेन फराकिलो जिततर्फ अग्रसर भएका छन् । उनले जर्जिया, नेभाडा र पेल्सिभेनियामा पनि अग्रता लिएपछि भारी जिततर्फ अग्रसर भएका हुन् ।

जितका लागि बाइडेनलाई मात्रै ६ भोटको आवश्यकता छ । तर उनको अग्रता कायम रहे उनले ४० भोट भन्दा धेरै पाउनेछन् । २० इलेक्टोरल रहेको पेन्सिलभेनियामा बाइडनले ५ हजार ५९४ मतले अग्रता लिएका हुन् ।

बाइडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ ।

नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् । बाइडनले २६४ र ट्रम्पले २१४ इलेक्टोरल जितिसकेका छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ ।