Ad #144479

नेपालको तीन दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवाणे शुक्रबार साढे ४ बजे भारतीय सेनाकै विमानमार्फत दिल्ली फर्किएका हुन् ।

भ्रमणको अन्तिम दिन नरवाणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । भेट गोप्य रहेपनि उनीहरुबीच नेपाल भारत सम्बन्ध सुध्रिने विषयमा छलफल केन्द्रित रहेको अनुमान गरिएको छ ।

बिहीबार नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । नरवाणेले नेपाल भ्रमणका क्रममा धार्मिक तथा पर्वतीय पर्यटन प्रवद्र्धन गरेका थिए ।