ओखलढुङ्गामा खाना पकाउने प्रेसर कुकुर पडकिदा एक जना महिला गम्भिर घाइते भएकी छिन् । जिल्लाको खिजी देम्बा गाउँपालिका वडा नम्बर २ रगनिमा खाना पकाउँदै गर्दा अचानक चुलोमा रहेको प्रेसर कुकुर पडकेर सर्मिला भूजेल घाइते भएकी हुन् ।
घाइते महिलाको रामेछाप स्थित तामाकोसी अस्पताल मन्थलीमा उपचार भएको छ । खिजीदेम्बा गाउँपालिका प्रमुख वेद वहादुर रोकाका अनुसार प्रेसर कुकर पडकिदा महिलाको अनुहारमा गम्भीर चोट लागेको छ।











