Ad #144479

अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले विरोध प्रदर्शन गर्न थालेका छन् । मतगणना रोक्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन गर्न थालेका हुन् । मतगणना ढिलाई भएको, धाँधली भएको र आफ्नो पक्षका भोट गायब पारिएको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले सडकमा विरोध प्रदर्शन गरेका हुन् ।

यस्तै नयाँ राष्ट्रपति बन्न लागेका जोय बाइडेनका समर्थकले पनि मतगणना ढिलाई भएकोमा विरोध गरेका छन् । साथै उनीहरुले विजयी र्याली निकाल्न शुरु गरेका छन् । बाइडेनको पक्षमा नारा लगाउँदै सडकमा उनीहरुले प्रदर्शन शुरु गर्न लागेका हुन् ।

अझै अलास्का, जर्जिया, नर्थ क्यारोलिना र नेभाडाको नतिजा आउन बाँकी छ । अरु धेरैजसो ठाउँको मतपरिणाम आइसकेको छ । यसबाहेक नेभाडाको मतपरिणाम आए बाइडेनले चुनाव जित्ने निश्चित छ । बाइडेनले २६४ इलेक्ट्रोल भोट ल्याएका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोल भोट मात्रै ल्याएका छन् ।

अमेरिकामा राष्ट्रपति बन्न ५३८ मध्ये २७० इलेक्ट्रोल भोट ल्याउनुपर्छ । चुनाव हार्ने भएपछि धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले अदालती प्रक्रिया शुरु गरेका छन् ।