आउँदो वर्षको जुनसम्ममा बायोटेकले कोरोना खोप बजारमा ल्याउने

भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले आउँदो जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेश्नल इन्चिटियूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनी भारत बायोटेकले आउँदो वर्षको जुन महिनासम्ममा खोप उपलब्ध गराउने बताएको हो ।

कम्पनीका शिर्ष अधिकारीले भारत सरकारले आपतकालिन अनुमति दिएर पहिले नै खोपको उद्घाटन नगरे जुन महिनासम्ममा उपलब्ध गराउने बताएका भारतीय संचार माध्यमले जनाएका छन् । भारत बायोटेकले देशको १२ देखि १५ राज्यका २० हजार स्वयमसेवकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्ने बताएको खबरमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमित धेरै भएको देशको सूचीमा भारत, दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ७८ लाख १४ हजारमा कोरोना पुष्टि भएकोमा ७० लाख १६ हजार निको भएका छन् । १ लाख १७ हजारको भने ज्यान गएको छ ।

[sidebar name="button post"]