यस वर्षको दशैँ घरपरिवारसँग मात्र मनाउन नेता सिंहले आग्रह

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले यवर्षको दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय भएको बताएका छन् ।

कोरोना संक्रमणको दर दैनिक बढिरहेको यस्तो अवस्थामा यसवर्षको दशैँ घरपरिवारमै सिमित गर्नु संक्रमणबाट जोखिनु रहेको बताएका हुन् ।

यसवर्ष कोरोना महामारीका कारण विषम परिस्थितीमा हामी दशैँ मनाउँदैछौं । तसर्थ,कोरोना संक्रमणको अवस्थालाई ध्यान दिँदै यसपटक घरपरिवारसँग मात्र दशैँ मनाउन नेता सिंहले आग्रह गरेका छन् ।

बडादशैँ शुभकामना व्यक्त गर्दै नेता सिंहले कोरोनाबाट शतर्क रहँदै दशैँ मनाउन आग्रह गर्दै आवश्यक स्वास्थ्य शतर्कता अपनाउन सबैमा पनि अनुरोध गरेका छन् ।

आफू बाचौँ र अरुलाई पनि बचाओ‌ै भन्दै नेता सिंहले यस बर्षको दशैँको टीका आफूले पनि परिवार भित्र मात्रै लगाउने जानकारी बताएका छन् ।

[sidebar name="button post"]