कोरोना भाइरस संक्रमित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एकपटक विवादित बन्नुभएको छ । कोरोना संक्रमित भएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत ट्रम्प गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गरेकाले विवादित बन्नुभएको हो ।
संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएपछि रेमडेसिभिर सहितका औषधि दिइएका तथा अक्सिजन लेभल पनि कम भएका ट्रम्पले गुप्तचर सेवाको गाडीमा अस्पताल बाहिर आएर समर्थकलाई अभिवादन गर्नुभएको बिबिसीको खबरमा उल्लेख छ । गाडीमा रहेका उहाँले मास्क लगाउनुभएको थियो ।
गाडी चलाउनेहरुको सुरक्षा तथा कोरोना भाइरसबाट संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नहुने भन्दै आलोचना भएको हो । ह्वाइट हाउसले भने डाक्टरहरुको स्वीकृतिमा राष्ट्रपति ट्रम्प केहीबेरका लागि गाडीमा बाहिर निस्किएको बताएको छ ।
[sidebar name="button post"]









