ललितपुरको एकान्तकुनादेखि महालक्ष्मीस्थानसम्म गाडीको चाप छ । गाडीको प्रदूषण मापन भइरहेकाले चाप भएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।
यस्तै एकान्तकुनामा रहेको यातायात कार्यालयमा केही दिनयता १० बजेपछि भिडभाड हुने गरेको छ । कार्यालय भवनको अगाडि राष्ट्रिय वाणिज्य बैंकको काउन्टरमा राजश्व तिर्नेको भिड लाग्ने गरेको हो । भिडभाडमा दुरी कायम नै नगरी लाइन लाग्ने गरेकाले कोरोनाको जोखिम समेत बढ्दै गएको छ ।
असार १ गतेदेखि नै यातायात कार्यालय खुले पनि राजश्व संकलनको काम भने गएको ७ गते आइतबारदेखि मात्र शुरु भएको हो । राजश्व तिर्न बिहान ३ बजेदेखि नै सडकमा गाडीको लाइन लाग्ने गरेको हो । कार्यलय खुल्नुअघि नै सडकको छेवैछेउ गाडीको लाइन बढ्दै जाने गरेको छ ।
सरकारले कोरोनाको जोखिमका बीच कर तिर्न ताकेता गरेकाले जोखिम मोलेर भएपनि लाइन लाग्न बाध्य हुने गरेको सेवाग्राहीले बताएका छन् ।










