देशका केहि ठाउँको मौसम बदली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजराती प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली भई बाँकी प्रदेशहरुमा आशिंक बदली रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुन बिस्तारै कमजोर बन्दै गएको छ । पानी पर्ने क्रम घट्दै गएको र पश्चिमी वायु पुर्वतिर सर्दै गएकाले मनसुन कमजोर बन्दै गएको हो ।
अब केहीदिनमा देशभरीबाटै मनसुन बाहिरीने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो । जलवाष्पयुक्त हावाको सामान्य प्रभाव कायम नै रहेकाले १÷२ दिन अझै मनसुन बाहिरीने सम्भावना नभएको उहाँको भनाई छ ।
[sidebar name="button post"]









