राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयबासीन्दाले माग

ललितपुर महानगरपालिका वडा नम्बर १५ नयाँ वस्तिमा रहेको राष्ट्रिय पशुविज्ञान अनुसन्धान प्रतिष्ठानको कृषि फार्म हटाउन स्थानीयबासीन्दाले माग गरेका छन् । बंगुर पालन र कुखुरापालन रहेको फार्महाउसले वस्तिमा दुर्गन्ध फैलिएको र विभिन्न रोगको सिकार हुनु परेको भन्दै हटाउन माग गरेका हुन् ।

वडाअध्यक्ष सुदर्शन मिश्रले फार्महाउसको फोहोरको दुर्गन्धले स्थानीय वस्तीमा असर परेकोले उपयुक्त ठाउँमा सार्न माग गरेको बताउनुभयो । स्थानीयले यसअघि पनि फार्म हाउस हटाउन माग गर्दै २०७४ असार ४ गते प्रतिष्ठानलाई पत्र बुझाएका थिए ।

तर अहिलेसम्म पनि माग पुरा नहुँदा आन्दोलित हुनुपर्ने अवस्थामा पुगेको स्थानीयबासिन्दाले बताएका छन् ।

[sidebar name="button post"]