जनकपुरको जानकी मन्दिरको झल्को दिने गरी ब्रम्मखेल सुवेदीगाउँमा राममन्दिर

अनिता धिताल

असोज १०,काठमाडौँ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका १ ब्रम्मखेल सुवेदीगाउँमा जनकपुरको जानकी मन्दिरको झल्को दिने गरी राममन्दिर बनिरहेको छ । मन्दिर निर्माणको काम अझै २५ प्रतिशत बाँकी रहेको छ । २०७१ सालबाट जनकपुरको जानकी मन्दिरको डिजाइनमा मन्दिर निर्माणको काम थालिएको हो । तर बजेट अभावमा काम अझै सकिएको छैन ।

पशुपतिमा रामभक्त दुधेरी बाबालाई भेटेपछि उहाँसँगकै सहकार्यमा ५ दिन नभा लगाएर यस मन्दिरको सुरुवात गरिएको थियो । स्थानीय सबै मिलेर मन्दिर निर्माणको लागि ४५ लाख रकम संकलन गरी निर्माण कार्य सुरु भएको थियो ।

ओखलढुङगाका इन्जिनियर श्याम खड्काले राजस्थानबाट मुर्ति बनाई मन्दिरका लागि सप्तऋषि, महादेव, राम सिता, गौरी र हनुमानका मुर्तिहरुको सहयोग गर्नु भएको थियो । मन्दिरमा भएका सबै मुर्तिहरु खड्काले नै दान गर्नुभएको हो । उहाँले दुधेरी बाबाको माध्यमबाट सहयोग गर्नु भएको थियो ।

राम मन्दिर निर्माणको लागि अमेरीकामा बस्दै आउनु भएका दिनेश महाराजले 60 हजार डलर सहयोग गर्नुभएको थियो । उहाँले अमेरीकामा रहेको रष्टुरेन्टमा राम मन्दिरका लागि चन्दा उठाउने बाकस बनाएर राख्नु भएको थियो । दुधेरी बाबा अमेरीका गएको बेला राम मन्दिर बन्दैछ भन्ने थाहा पाएकाले उहाँको माध्यमबाट रकम संकलन हुँदै आएको थियो । दिनेश महाराज पनि बेला बेला नेपाल आउनुहुन्छ ।

अहिले रकम दिन्छु भनेका केहि व्यक्तिले नदिएको र दुधेरी बाबा एक वर्षअघि नै बितेपछि मन्दिरका लागि कतैबाट रकम प्राप्त भएको छैन । कागेश्वरी नगरपालिकाबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएपछि प्रात्त भएको थियो । त्यहि रकमबाट टवाइलेट र थौरै र्ममतको काम भएको छ । मन्दिरमा बोर्ड निर्माण भएको थिएनन् बोर्ड निर्माणको कार्य सुरु भएको छ ।

निमार्ण कार्यमा बाटो ढलान गर्न, मार्बल बिछ्याउन र गौरी कुण्ड राख्ने स्थान बनाउने जस्ता मर्मत कार्य बाँकी रहेका छन् । यसैगरि दुधेरी बाबाको शालिक पनि निर्माण गर्ने योजना रहेको निर्माण समितिका उपाध्यक्ष गणेश खड्काले बताउनुभयो । स्थानीयको दबाबपछि नगरपालिकालाई निर्माणमा आवश्यक पहल गर्न ध्यानाकर्षण गराइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कुष्णहरी थापाले बाँकी निर्माण कार्यका लागि सहयोग गर्ने आश्वासन दिनुभएको छ । तर अहिले कोरोना महामारीको कारण तत्काल निर्माण कार्यलाई अगाडि बढाउन नसकेको मन्दिरका उपाध्यक्ष गणेश खड्काले जानकारी दिनुभयो ।

[sidebar name="button post"]