राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सको भिडन्त आज हुने

६ असोज, काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स विच भिडन्त हुनेभएको छ। खेल मङ्गलबार बेलुका नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई लगातार दोस्रो जितको खोजिमा हुनेछ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पहिलो जित दर्ता गराउने दाउमा हुनेछ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

दुवै टिममा स्टार खेलाडिहरु रहेकाले खेल रोचक हुने अनुमान गरिएको छ।

[sidebar name="button post"]