देशभर १३५६ कोरोनाका नया संक्रमित थपिए

असोज ६, बितेको २४ घण्टामा देशभर १३५६ कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३५६ जना थपिएको जानकारी दिनुभयो। उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

[sidebar name="button post"]