विश्वविख्यात आरोही हिउँ चितुवा आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ । सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज विहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् ।
उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।
नेपाललाई विश्व रङगमञ्चमा चिनाउने शेर्पाले प्रकृति माथि विजय प्राप्त गर्नु भएको थियो । उहाँ सुप्रबल गोरखा दक्षिण बाहु पहिलो लगायत राष्ट्रिय, अन्र्तराष्ट्रिय पुरस्कारबाट बिभुषित हुनुभएको थियो ।
[sidebar name="button post"]











