सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना भएन, जोखिम बढ्यो

सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको पाइएको छ । सरकारले स्वास्थ्य मापदण्डको पालना गरी गाडी चलाउन भने पनि चालक, सहचालक र यात्रुले समेत लापरवाही गर्ने गरेका हुन् ।

यातायात व्यवस्था विभागले दुई जना बस्ने एक लहरमा एक जना मात्रै बस्ने, गाडीमा अनिवार्य रुपमा स्यानीटाइजरको व्यवस्था गर्ने लगायतका मापदण्ड तोकिएको भएपनि मापदण्ड अनुसार गाडी नचलाउँदा कोरोनाको जोखिम बढेको हो ।

कतिपय गाडीले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको, यात्रुले पनि माक्सबिना नै गाडीमा यात्रा गर्ने गरेको समेत भेटिएको छ । मापदण्ड पालना नगर्ने गाडीलाई कारवाहीको जिम्मा पाएको ट्राफिक प्रहरीले भने सुरक्षा सावधानी अपनाएर गाडी चलाउन आग्रह गर्दै आएको जनाएको छ ।

त्यस्तै अटेरी गर्दा कोरोना सङक्रमको जोखिम बढ्ने भएकाले सर्तकता अपनाउन यातायात व्यवस्था विभागले पनि आग्रह गरेको छ । अटेर गर्नेलाई कारवाही गर्न थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

पछिल्लो १८ घण्टामा अटेरी गर्ने ८ सय ४२ वटा गाडीलाई कारवाही गरेको उहाँले जानकारी दिनुभयो ।

[sidebar name="button post"]