Ad #144479

अजय खत्री

असाेज २ । कोरोना भाइरस संक्रमण महामारीपछि शैक्षिक क्षेत्र निक्कै मारमा परेको छ । लाखौ विद्यार्थीहरु घरभित्रै बस्नुपर्यो । विद्यालयहरु सुनसान भए । पठनपाठन अगाडी बढ्न सकेन । त्यसपछि शिक्षण सिकाइका विकल्पहरुको प्रयोग गर्न थालियो । विश्वका विकसित देशहरुले जस्तै गरी पठन पाठन सञ्चालन गर्ने गरी जया मल्टिपल क्याम्पसले प्रविधिको प्रयोग गर्ने भएको छ ।

आकर्षक छात्रवृत्ति सहित भर्ना

सुन्दर, शान्त र मनोरम वातावरणका साथै सुविधा सम्पन्न र अनुभवी शिक्षकहरुद्धारा अध्यापन हुने गोकर्णेश्वर नगरपालिका, माकालवारीमा रहेको जया मल्टिपल क्याम्पसमा शैक्षिक सत्र २०७७÷७८ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा भर्ना सञ्चालन भैरहेको छ । वि.स २०६१ मा स्थापना भएको क्याम्पसले आकर्षक छात्रवृत्तिका साथ विद्यार्थीहरुले अनलाइन या क्याम्पसमै उपस्थीत भएर भर्ना हुन सक्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

कोरोना महामारीपछि शैक्षिक गतिविधि ठप्प जस्तै भए । सरकारले झण्डै ५ महिना लामो लकडाउन गर्यो । तर लकडाउनमा पनि विद्यार्थीको पढ्न पाउने अधिकारलाई मध्यनजर गर्दै इ डिजिटल, इ पोर्टल, जुमका साथै काष्ठमण्डप टेलिभिजन मार्फत पठन पाठन निरन्तर रुपमा संचालन गर्दै आएको जया मल्टिपल क्याम्पसले जानकारी दिएको छ ।

प्रविधिको प्रयोग

प्रविधिको उच्चतम प्रयोग गरेर भएपनि शैक्षिक गतिविधिलाइ निरन्तरता दिने उदेश्यका साथ अब कक्षा ११ मा अध्ययनका लागि आउने विद्यार्थीको लागि क्याम्पसले माइक्रोसफ्ट टिम फुल भर्जनको प्रयोग गर्ने भएको छ । माइक्रोसफ्ट टिम फुल भर्जनमा, जुम यापमा जस्तो लिमिटेड फिचरको मात्र प्रयोग गर्न मिल्ने नभई विद्यार्थीहरुले कक्षाकोठामा नै उपस्थित भएर अध्यापन गरेको जस्तो अनुभव गर्न पाउने क्याम्पसको कोअडिनेटर मनोज धितालले जानकारी दिनुभयो ।

जसरी विश्वका विकसित देशहरुले अनलाइनको मद्दतमा पाठन पाठन संचालनलाई प्रभावकारी बनाई रहेका छन् । अब जयाले पनि त्यहि प्रविधिको प्रयोग गरेर पठनपाठन संचालनमा ल्याउने भएको छ । यो प्रविधिको प्रयोगबाट शैक्षिक क्रियाकलापहरु संचालन गर्दा कम्युनिकेसन र डेलिभरिमा कुनै कमि नआउने धितालको दाबी छ ।

यसका साथै इ डिजिटल, इ पोर्टल र काष्ठमण्डप टेलिभिजन मार्फत पनि पठनपाठन संचालन भइरहेको र यसले पनि निरन्तरता पाउने उहाँले बताउनुभयो ।

कक्ष ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा भर्ना भैरहेकाले कोरोनाले निम्त्याएको जटिल अवस्थामा क्याम्पसमा नै उपस्थित हुन सम्भव नहुने विद्यार्थीहरुले अनलाइको माध्यमबाट पनि भर्ना गर्न र इन्ट्रान्स परिक्षाको जानकारी लिन सक्नेछन् ।

अनलाइन भर्नाको लागि

https://edigitalnepal.com/ca/apply/jayamultiple

असोजको दोस्रो हप्ताबाट माइक्रोसफ्ट टिम फुल भर्जन, इ डिजिटल, इ पोर्टलका साथै काष्ठमण्डप टेलिभिजनको सहयतामा कक्षा ११ को पठनपाठन संचालनमा ल्याउने तयारीमा क्याम्पस रहेको पनि धितालले जानकारी दिनुभयो ।

प्रविधिको पहुँच नहुँनेहरुलाई पनि प्राथमिकता

शैक्षिक क्षेत्रमा अन्योलता छाएको अवस्थामा पनि क्याम्पसले सरकारलाई एसईईको नतिजा सार्वजनिक गर्न उचित परामर्श र सुझाव दिएको अनुभव रहेकोले अनलाइनको सुविधा नभएको विद्यार्थीहरुका लागि भने अवस्था सामान्य हुने बित्तिकै सम्पूर्ण जनशक्ति प्रयोग गरेर उनिहरुको पठनपाठन संचालनलाई प्रमुख प्राथमिकता दिने साेंच क्याम्पसले बनाएको पनि उहाँले बताउनुभयो ।

क्याम्पसले एसईईमा राम्रो नतिजा ल्याएका र इन्ट्रान्स परिक्षामा राम्रो अङक ल्याउने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । गरिब भएकै कारण शिक्षा पाउनबाट कोही पनि बञ्चित हुन नहुने क्याम्पसको उदेश्य र क्याम्पस प्रमुखको समेत निर्देशन रहेकोले गरिब, जेहेन्दार र पिछडीएका क्षेत्रका विद्यार्थीहरुको लागि पनि विशेष छात्रवृत्तिको प्याकेज रहेकोले गुणस्तरीय शिक्षा र आवश्यक परामर्श दिन क्याम्पस प्रतिवद्ध रहेको धितालले बताउनुभयो ।