प्रनेल महर्जन
असाेज २, मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगरकमिटि काठमाडौले छैठाे संविधान दिवसको अवसरमा रक्तदान गरेकाे छ । रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताले रगत दान गरेका छन् । काेभिड बुढानिलकण्ठ नगरपालिका वडा न.७ हात्तिगाैडा कम्प्लेक्समा रक्तदान कार्यक्रम भएको हाे।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दीपक निरौला, काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य बिदुर बिक्रम खड्का, उपमेयर रमा राई, मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगर कमिटिकाे सचिव प्रदीप डंगाेल, वडा २ , ७ र ८ का वडा अध्यक्षहरु राजेन्द्र खड्का, बस नारायण महर्जन र सुमन तामाङ, मदन भण्डारी फाउन्डेसनकाे जिल्ला कमिटी सदस्य गाेविन्द कट्टवाल र मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगर कमिटिका अन्य सदस्यहरुकाे उपस्थिति रहेको थियो ।
काेभिड १९ का सक्रमित सख्या बढ्दै गई रगत खपत अनुसार आपुर्ति कम भएको अवस्थामा रक्तदान कार्यक्रम अायाेजना गरिएको र याे कार्यक्रम सफल पार्नकाे लागि उपस्थितलाइ बुढानिलकण्ठ मदन भण्डारी फाउन्डेसन नगर कमिटीका अध्यक्ष कैलाश खड्काले धन्यवाद व्यक्त गर्नुभयो थियाे ।












