रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज बुङ्मती लगिदैछ । आज बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेटको साइत भित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर बुंगमतीतर्फ लगिने दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो ।
विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुंगमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुंगमतीतर्फ लगिन लागेको हो ।
कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्टयाउने सहमति अनुसार गएको २१ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो । त्यस्तै २२ गते मूर्तिलाई बुंगमती लैजाने साइत हेरिएको थियो । असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।
[sidebar name="button post"]









