आज कर्णाली बाहेक ६ वटा प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी प्रदेशका केही ठाउँहरुमा अहिले पनि पानी परिरहेको छ ।
आज दिउँसो पनि ठुलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महासाशाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । देशका अरु ठाउँमा भने आज दिउँसो मौसम सामान्य बदली भई हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
आज राती पनि प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
[sidebar name="button post"]









