विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसका सङक्रमित थपिए

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङक्रमित थपिएका छन् । हिजो एकै दिन तीन लाख ७ हजार ९ सय ३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सगठन डब्लुएचओले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारत, अमेरिका र ब्राजिलमा सङक्रमित थपिएका हुन् । भारतमा हिजो एकैदिन ९४ हजार भन्दा धेरै, अमेरीकामा ४५ हजार भन्दा धेरै तथा ब्राजिलमा ४३ हजार भन्दा धेरैमा कोरोना सङक्रमण पुष्टि भएको हो । संगठनका अनुसार कुल सङक्रमितको संख्या दुई करोड ८६ लाख ३८ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारत र अमेरिकामा एक हजार भन्दा बढीको तथा ब्राजिलमा ८ सय ७४ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो समय भारतमा दैनिक ९० हजार भन्दा बढी सङक्रमित थपिने गरेका छन् । विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ९ लाख १७ हजार भन्दा धेरै पुगेको छ ।

[sidebar name="button post"]