भाद्र २९ , काठमाण्डौ उपत्यकामा जोर बिजोर पालना नगर्ने १ सय २६ वटा गाडी एकाबिहानै होल्ड भएका छन् ।
जोरबिजोर नियम पालना नगर्ने ९३ वटा दुईपाग्रे र ३३ वटा चारपाङ्ग्रे गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
होल्ड भएका गाडीलाई बेलुका मात्रै छोडिने छ । आज बिजोर गते भएकाले बिजोर नम्बरको गाडी मात्रै चलाउन पाइन्छ । हिजो दिनभर भने ७ सय ८ गाडी होल्ड भएका थिए ।
[sidebar name="button post"]









