काठमाडौंमा ६६ जनाले गरे रगत दान

रगतको अभाव बढे पछि काठमाडौंमा रक्तदान कार्यक्रम भएको छ ।

रगत पाउन नै समस्या भए पछि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काठमाडौंमा रक्तदान गरेको मानवअधिकार शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार विहान ८ बजेदेखि सुरु भएको रक्तदान कार्यक्रममा ६६ जनाले रगत दान गरेका छन् ।

गएको चैतमा भएको लकडाउनदेखि नै रगतको अभाव हुँदै आएको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिए पछि रगत दान कार्यक्रम प्राय ठप्प नै भएको थियो । जसले गर्दा गर्भवती, सुत्केरी र दुर्घटनामा परेकाको उपचारका लागि रगत जुटाउन नै मुश्किल भएको केन्द्रिय रक्तसञ्चार केन्द्रले जनाएको छ ।

[sidebar name="button post"]