काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बियो

काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्बिएको छ ।

आज बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यो अवधिमा के गर्न पाईने र के गर्न नपाईने भन्ने विषयमा सूचना निकालेर जानकारी गराईने पनि बस्नेतले बताउनुभयो ।

उपत्यकामा गएको ३ गते रातीदेखि लागू भएको लकडाउन आज राती १२ बजेदेखि सकिने भए पछि फेरि एक हप्ता थपिएको हो ।

[sidebar name="button post"]