Ad #144479

काठमाडौँ उपत्यकाभित्र बेसहारामा पनि कोरोनाको सङक्रमण देखिन थालेको छ ।

पछिल्लो समय सडकपेटीबाट उद्धार गरिएका नागरिकमा सङ्क्रमण देखिन थालेको मानवसेवा आश्रमले जनाएको छ । अहिलेसम्म सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिएको मानवसेवा आश्रमका प्रवक्ता सुमन बर्ताैलाले बताउनुभयो । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोरोना सङक्रमण देखिन थालेपछि व्यवस्थापनमा चुनौती थपिएको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको बर्तौलाले बताउनुभयो ।

खानेकुरा खोज्न जाँदा उनीहरूमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डाक्टर अनिल कार्कीले बताउनुभयो ।