एअर अरेवियाले पीसीआर रिपोर्ट नभएका यात्रु काठमाण्डौं ल्याएर दुःख दिएको गुनासोपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।
भदौ ९ गते यूएईको सारजाहबाट काठमाण्डौं आएको एअर अरेवियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनिहरुले काठमाण्डौमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।
यसबारे छानविन गर्न संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिले सोमबारसम्म रिपोर्ट पेश गर्नेछ । सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ ।
रिपोर्ट नभए सम्पुर्ण यात्रुको होटल क्वरेण्टीन खर्च सम्बन्धित एअरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले जनाएको छ ।












