जनशक्ति अभावमा प्रयोगविहीन दाङका भेन्टिलेटर र आईसीयू बेड

५ भदौ,काठमाडौं। आवश्यक जनशक्तिको अभावमा दाङका अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेड प्रयोगमा आउन सकेका छैनन्।

दाङको कोरोना विशेष अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेर र १५ वटा आईसीयू बेडहरु भए पनि जनशक्ति अभावका कारणले प्रयोग विहीन बनेका छन्।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीको आवश्यक पर्ने भए पनि जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका स्रोतले जानकारी दिएको छ ।

[sidebar name="button post"]