विराटनगरका कोरोना संक्रमित घरमै

५ भदौ, काठमाडौं। नेमालमा कोरोनाको उच्च संक्रमण रहेको मध्य एक विराटनगर महानगरपालिकामा कोरोना संक्रमणका कारण अहिले मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

अहिले विराटनगरमा संक्रमण पुष्टि भए पनि आइसोलेसनको शय्या अभावका कारण संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

विराटनगर महानगरपालिका ६ मा मात्र आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेका छन् । महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन् ।

[sidebar name="button post"]