मोहम्मद नावी अफगानिस्तान क्रिकेट बोर्डमा

 

५ भदौ, काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डको केन्द्रीय सदस्यमा अफगानिस्तान राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान मोहम्मद नावी नियुक्त हुनुभएको छ ।

उहा अफगानिस्तानको क्रिकेट प्रशासनमा पुग्ने पहिलो एक्टिभ क्रिकेटर हुनुन्छ । टेष्ट क्रिकेटबाट मात्र सन्यास घोषणा गरेका नावी सीमित ओभरको क्रिकेटमा भने खेलिरहनुभएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले नावीसहित ४ जना नयाँ बोर्ड मेम्बर नियुक्त गरेको छ । नियुक्त हुने अन्य सदस्यहरुमा महिला मन्त्री हसिना साफी, कान्दाहार प्रान्तका सांसद रोहुल्लाह खानजाडा र अफगानिस्तानका पहिलो भाइस प्रेसिडेन्टका सिनियर एडभाइजर हारुन मिर रहेका छन् ।

 

[sidebar name="button post"]