पश्चिम अफ्रिकी देश मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामाको घोषणा गरेका छन्।सैनिकहरूको कब्जामा परेपछि उनले त्यस्तो घोषणा गरेको सरकारी टेलिभिजनले जनाएको छ। टेलिभिजन सम्बोधनमा राष्ट्रपति केयटाले सरकार र संसद् पनि भङ्ग गरेको बताए।
राष्ट्रपति इब्राहिम बुबाकर केइटालाई पदबाट हटाउने मागसहित महिनौंदेखि आन्दोलनरत सैनिकले राष्ट्रपति र प्रधानमन्त्री बोबू सिमेसहित उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएका हुन् ।
[sidebar name="button post"]









