चोरीका सामान रु दुई लाख भन्दा बढीका बरामद

प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट बेवारिसे अवस्थामा चार बोरा सुपर पावर सुर्ती अन्दाजी रु ३५ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक विष्टका अनुसार धनगढीकै वडा नं ७ बाट से १ ह २२८७ नम्बरको विद्युतीय रिक्सामा चार बोरा बिडी, एक बोरा सुपर पावर सूर्ती र दुई बोरा प्लाष्टिकको झोला गरी अन्दाजी रु एक लाख ४५ हजार मूल्य बराबरका समान बरामद गरेको छ ।

आवश्यक कानूनी कारवाहीका लागि विद्युतीय रिक्सासहित सरसामान त्रिनगर भन्सार कार्यालयमा पठाइएको बताइएको छ । त्यस्तै टीकापुर नगरपालिका–७ खैरीघाटस्थित धानबारीमा चार क्विन्टल ५० किलोग्राम केराउ अन्दाजी मूल्य रु २२ हजार ५०० बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागि सत्ती भन्सार कार्यालयमा पठाइएको जनाइएको छ ।

[sidebar name="button post"]