वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण देखिनेहरुमा पर्सा जिल्लाका २१ जना र बाराका २ जना रहेका छन्।
संक्रमण देखिनेमा उच्च सरकारी वकिल कार्यालयका एक जना खरिदार पनि रहेका छन्। वीरगञ्ज महानगरपालिकाको मााईस्थान, छपकैया, भिस्वा, लक्ष्मणवा, राधेमाई, भवानीपुर लगायतका टोलहरुमा कोरोना संक्रमित भेटिएका छन्।
यस्तै पर्साको पर्सागढी नगरपालिका ८ मा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नारायणी वयोधा हस्पिटल वीरगञ्जका एक जना हाउस किपिङ स्टाफ र एक जना क्यान्टिनमा कार्यरत स्टाफसहित दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै बाराको कलैया र जितपुर सिमरा उप महानगरपालिकामा रहेको बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।
[sidebar name="button post"]









