एक संक्रमितको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु

३१ साउन, काठमाडौं। लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा पचाररत कपिलवस्तु–७ मायादेवी का एक कोरोना संक्रमीतको मृत्यु भएको छ ।

साउन २९ गते अस्पताल भर्ना भएका उनलाई निमोनिया भएको थियो । ३० गते आएको रिपोर्टको नतिजा प्रस्ट नआएकाले पुन पीसीआर परीक्षणका लागि पठाइएको थियो । उक्त रिपोर्ट नआउँदै शनिबार बिहान एक्सपर्ट जाँच गरिएको उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार बिहान प्रादेशिक अस्पतालमा रहेको ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२’ प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको अस्पताल स्रोतले जनाएको छ ।

[sidebar name="button post"]