६ साउन, काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।
प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्।
गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रकाे शवमा टाउको र खुट्टा भने छुट्टिएकाे थियाे। पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहयता लिई टाउको र खुट्टा ३ सय मिटर पर झाेलामा भेट्टाएको थियो।
[sidebar name="button post"]









