२६ साउन, कपिलवस्तु । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको छ । भोलि विहान ५ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमबार बसेको बैठकले अत्यावश्यकीयबाहेक अरु सबै खाले व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक बिहान ८ बजेदेखि १० बजेसम्मको समय छुट्याइएको प्रजिअ पौडेलले बताए ।
निषेधाज्ञा अवधिमा पूर्वपश्चिम राजमार्गमा बाहेक अन्य भित्री सडकहरुमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कपिलवस्तुमा आइतबारसम्म ८ सय ५७ जना कोरोना संक्रमित रहेका छन् ।
[sidebar name="button post"]









