साउन २६, विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।
खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफको गरि २५ जनाको परीक्षण गरिएको छ ।
ललितपुरको पाटन अस्पतालमा फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परिक्षण गरिएको हो । बाँकी खेलाडी र अफिसियलको भोली पिसिआर परिक्षण गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दैछ ।
[sidebar name="button post"]









