भारतमा काेराेना संक्रमित बसेकाे हाेटलमा आगाे लाग्याे, ७ जनाकाे ज्यान गयाे

साउन २५, भारत आन्ध्र प्रदेशको विजयवाडामा एक होटलमा आगलागि हुँदा ७ जनाको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई राख्न एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस हाेटलमा आगलागि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

होटलमा ४० जना रहेका बेला आगलागि भएको हो । आन्ध्र प्रदेशका गृह मन्त्री मेकाथोटी सुचरिताले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

[sidebar name="button post"]