साउन १२, काठमाडौँमा काेराेना संक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया वृद्धाको ज्यान गएकाे हाे। अस्पतालका प्रवक्ता डाक्टर प्रविन नेपालका अनुसार सर्लाही मलंगवा–६ निवासी वृद्धाको ज्यान गएकाे हाे ।
उहाँका अनुसार ती वृद्धा सर्लाहीबाट ज्वरो र निमोनिया भएर साउन १६ गते स्वयम्बुस्थित मनमोहन अस्पताल भर्ना हुनुभएकाे थियाे तर १८ गते कोरोना पुष्टि भएपछि थप उपचारका लागि साउन १९ गते प्रहरी अस्पताल भर्ना गरिएकाे थियाे । उहाँकाे उपचारको क्रममा बुधबार ज्यान गएको हो ।
[sidebar name="button post"]









