विराटनगरमा ९० वर्षकी महिलाले काेराेनालाई जितिन्

साउन २१, विराटनगरकी ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्कनुभएकाे छ । विराटनगर ६ कि ती महिलालाई प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले फूलगुच्छा दिएर आज बिदाइ गर्नुभयाे ।

बुधबार वृद्धासहित प्रदेश १ बाट ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।