भोलिदेखि काठमाडौं उपत्यकामा जोर/बिजोर प्रणाली लागू

सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ ।

काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

गृह मन्त्रालयकाे विज्ञप्ति :