ब्राजिलियन महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए। उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।

उनले बिहिबार राति एक तस्बिर पोस्ट गर्दै बुवाको निधन भएको भन्दै श्रदाञ्जली दिएकी छिन। उनले भनिनन् ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली।’

अस्पतालले पनि पेलेको निधन भएको पुस्टी गरेको छ। उसले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ। उसले पछिल्लो समय उनमा पेटको क्यानसरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ।

त्यस्तै ब्राजिलियन फुटबल संघले भनेको छ ‘पेले अल टाइम महान खेलाडीभन्दापनि अझैमाथि थिए र प्रेरणादायि थिए।’ पेलेको आधिकारीक ट्वटिरमा लेखिएको छ ‘पेलेले आफ्नो यात्रामा प्रेरणा र मायाहरु छाडेर गए। उनी आज सान्त सँग स्वर्गवास भएका छन्। संधै उनलाई मायानै माया रहने छ।’

[sidebar name="button post"]