विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् ।
उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० सदस्य मध्ये ६३ सांसदको समर्थन छ भने ५४ सांसदको उनको सरकारको विपक्षमा मतदान गरे ।
अति दक्षिणपन्थी सहयोगीहरूसँगको गठबन्धनमा सत्तामा फर्किएका उनले आफ्नो सरकारका तीन राष्ट्रिय लक्ष्यहरू रहेको बताए । उनले भने, ‘यो सरकारको तीन राष्ट्रिय लक्ष्यहरू- आणविक हतियारमा इरानको प्रगतिलाई रोक्ने, देशभर बुलेट ट्रेनहरू चलाउने र अब्राहम सम्झौतामा थप अरब राष्ट्रहरूलाई सहभागी लगाउने ।’
नेतान्याहुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।









