आप्रावासी बोकेको डुंगा दुर्घटना, ४ जनाको मृत्यु

फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ । फ्रान्सेली र बेलायती नौसेनाहरूसँग काम गर्ने लाइफबोट, हेलिकप्टर र उद्धार टोलीहरू घटनास्थल पुगेका थिए ।

तटीय गार्डको नेतृत्वमा खोज र उद्धार कार्यपछि चार जनाको मृत्यु भएको पुष्टि भएको प्राप्त विवरण जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । यसअघि सन् २०२१ को नोभेम्बरमा एउटा डुंगा समुद्र पार गर्ने प्रयास गर्दा इङ्लिस नहरमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।

[sidebar name="button post"]