डुङ्गा डुब्दा हराएका बीस यात्रुको शव भेटियो

एजेन्सी: ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए । मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ ।

सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ । त्यसमा परेका अरु २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ ।

जिवीतै उद्धार गरिएकाहरुले सो डुँगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुँगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ ।

[sidebar name="button post"]