गगन थापाले दिए मतदातालाई धन्यवाद

६ मंसिर, काठमाडौँ। कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई  विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् ।

‘फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणी छु।’, उनले भनेका छन् ।

थापा एमालेका राजन भट्टराईलाई पछि पार्दै भारी मतका साथ सांसद निर्वाचित भएका हुन् ।

[sidebar name="button post"]